जितसँगै दिल्ली शिर्ष स्थानमा

0 Shares

विदेश । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधवार भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १ सय ६२ रनको लक्ष्य पेश गरेको थियो । दिल्लीले ७ विकेटको क्षतिमा १ सय ६१ रन जोड्न सफल भएको थियो ।

यता १ सय ६२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन मात्र जोड्न सक्यो । खेलपछी दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलबाट १२ अंक जोडेको छ । राजस्थान ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। आइपिएलमा बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोर र किंग्स ११ पञ्जावबीच खेल हुनेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्