कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

7 Shares

विदेश । आउँदो विश्वकपको तयारीमा जुटिरहेको राष्ट्र कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ । तीन पटक जारी गरिएको ऋणपत्रबाट १२ अर्ब डलर प्राप्त भएको मन्त्रालयले जनाएको छ । साथै , मन्त्रालयले ऋणपत्रका लागि ५० अर्ब डलरभन्दा बढीको आवेदन प्राप्त भएको पनि स्पष्ट गरेको छ ।

हाल साउदी अरेबीयाको अग्रसरताको खाडी राष्ट्रहरुको गठबन्धनले कतारलाई सन् २०१७ देखि आर्थिक तथा राजनीतिक रुपमा एक्ल्याउने प्रयत्न गरेको छ । यो गठबन्धनमा संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्ट पनि समावेश छन् । कतारमाथि आतङ्कवादी सङ्गठनहरुलाई सघाएको तथा साउदी अरबको विपक्षमा रहेको इरानलाई सहयोग गरेको आरोप छ । दोहाले भने उक्त आरोपहरु अस्वीकार गरेको छ । सत्ता परिवर्तन गर्न चाहने तत्वको उक्साहटमा कतारलाई एक्ल्याउने प्रयत्न भएको कतारको भनाई रहदै आएको छ ।(एजेन्सी)

Facebook Comments