बीसीजी खोप परीक्षणमा

विदेश । कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै पिडत बनाइरहेको छ । रसियाले दाबी गरेको खोप बाहेक अन्य कुनै खोप निश्चय नभएको र विश्व स्वास्थ्य संगठनले अझैसम्म कुनै खोपलाई आधिकारिकता नदिएको कारण यो महामारी विश्वमै छ । केहि देशले कोरोनासँग लड्दै सामान्य जीवनमा फर्किन थालेका छन् भने केहि लकडाउनमा छन् ।

यसैबीच बेलायती वैज्ञानिकहरूले कोरोना भाइरसबाट बचाउन बीसीजी खोपले काम गर्न सक्ने अनुमान गर्दै परिक्षण सुरु गरेका छन् । क्षयरोग नियन्त्रण गर्न सन् १९२१ मा आविष्कार गरिएको यो खोप कोरोनामा पनि उपयोगी हुने केही प्रमाण फेला पारेपछी परिक्षण सुरु गरिएको हो । युनिभर्सिटी अफ एक्सेसरको उक्त ‘ट्रायल’ मा हजार जनाले भाग लिँदैछन् । यो खोपमा कुनै पनि संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता उच्च बनाउने गुण छ। त्यही कारण कोरोनासँग लड्न पनि फलदायी हुने आकलन गरिएको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्