इण्डो – पाक समस्यामा चीनको यस्तो सुझाव

0 Shares

विदेश । पछिल्लो समय पुलावा घटनापछि भारत र पाकिस्तानको सम्बन्ध बिग्रिरहेको छ । एलओसीमा विभिन्न किसिमका छिटपुट घटनाहरु भैरहेका छन् । इण्डो – पाक समस्यालाई मिलाउन विभिन्न राष्ट्रले अग्रसरता पनि लिईरहेका छन् । यसै वीच छिमेकी राष्ट्र चीनले पनि पछिल्लो द्वन्द्वले फेरि विश्वको ध्यानाकर्षण गरेको भन्दै दुवै देशलाई शान्ति कायम गर्न सुझाव दिएको हो ।

चिनियाँ तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा चीनका परराष्ट्रमन्त्री वाङ यीले वार्ताका माध्यमबाट समस्या सुल्झाउन सुझाव दिएका छन् । उनले भने ‘घटना गम्भीर बन्दै जाने अवस्था नआओस् भन्नका लागि संयमता कायम गरेर वार्ताका माध्यमबाट समस्याको समाधान गर्नु उचित हुन्छ ।’ दुवै देशले प्रादेशिक अखण्डता र सार्वभौमिकतालाई पूर्णरूपमा सम्मान गर्नुपर्नेमा चीनले सधैँ जोड दिँदै आएको उनले बताए । चीनले दुई पक्षलाई सहअस्तित्वमा गएर आपसी सहयोग गर्ने आशा लिएको उनको भनाइ छ । (एजेन्सी)

Facebook Comments