देश । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिसा कार्की नेपाली सेनाको सहायक सेनानी बनेकी छन् । नेपाली सेनाले लिएको सहायक सेनानीको परिक्षा उत्तिर्ण गरेपछि अमिसा सहायक सेनानीमा छनोट भएकी हुन् ।
उदयपुरकी अमिसा अब सेनाको स्थायी जागिर समेत बनेकी छन् । अमिसाले तीन वर्षदेखि करारमा त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्दै आएकी थिइन् । उनले गत महिना काठमाडौंमा भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेश विरुद्ध गोल गरेकी थिइन् । फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पारजित भएको थियो ।
अमिसाले सन् २०२२ मा काठमाडौंमै भएको साफ वुमन्स च्याम्पियनमार्फत नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उनी पछिल्लो समय नेपाली टिमको महत्वपूर्ण सदस्य बनिसकेकी छन् ।
कमेन्ट गर्नुहोस्