देश । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) मुक्त रहेको अनुमान गरिएको उपत्यकामा फेरी कोरोना भाइरसको संक्रमण देखिएको छ । निको भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरस संक्रमितको उपत्यकामा देखिएको हो । पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ ।
गत चैत्र ५ मा बेलायतबाट नेपाल आएका उनीमा वैशाख १ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । तर , उनमा संक्रमण निको भएको भन्दै वैशाख ११ गते घर फर्काइएको थियो । तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ ।
यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबारनै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।






