काठमाडौँमा ‘डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी आइटी रोजगार मेला २०२५’ मेला

फिल्म । आइटी पढिरहेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौँमा ‘डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी आइटी रोजगार मेला २०२५’ को आयोजना गरिएको छ । सिफलमा रहेको डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले आयोजना गरेको उक्त रोजगार मेलामा २९ कम्पनीको सहभागितामा रहेको संयोजक श्यामसुन्दर खतिवडाले जानकारी दिए । उनका अनुसार विद्यार्थीले कहाँ कसरी आफ्नो क्षमतासँग जोडिएको जागिर खोज्ने भन्ने अन्यौलतालाई हटाउन यस्ता मेला उपयोगी हुने गरेको छ ।

उनले दुई हजार पाँच सयको हाराहारीमा विद्यार्थी तथा आइटीमा काम गरिरहेकाले मेला अवलोकन गर्ने बताए । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी प्रमुख हितेश कार्कीले पहिलोपटक सन् २०१६ मा मेलाको आयोजना गरिएको र प्रभावकारिता बढेसँगै यसले निरन्तरता पाएको जनाए ।

‘प्राविधिक शिक्षा अध्यन गरिरहेका र काम गरिरहेका धेरै हुनुहुन्छ, उहाँहरू एक ठाउँमा भेला भएर आफ्ना कामको समीक्षा गर्दै दक्षता बढाउन पनि यो मेला उपयोगी भएको छ । नयाँलाई आफू रोजगारदातासँग कसरी जोडिने भन्ने मार्ग यसले देखाउँछ’, प्रमुख कार्कीले भने ।

उनले नेपालमा प्रविधिको प्रयोग बढिरहेकाले आउँदो समयमा प्राविधिक शिक्षा उपयोगी हुनुका साथै प्रभावकारी हुने दुइमत नरहेको बताउदै नेपालमै बसेर आयआर्जन पनि राम्रो गर्न सकिने बताए । मेलामा नयाँ सम्भावना भएका कर्मचारी खोज्न आइपुगेका मैत्री सर्भिसेसका उपप्रमुख अभिनायक स्वारले केही विद्यार्थीसँग छलफल गरेर पहिलो चरणको अन्तर्वार्ता लिएको बताए ।

उनले मेलाबाट धेरै रोजगार सिर्जना हुने थाहाँ पाएर आफूसहित कम्पनि सहभागी भएको जानकारी दिए । मेलामा सहभागी आइटी विद्यार्थी एन्सा भण्डारीले आफूजस्ता धेरैका लागि मेला उपयोगी हुँदै आइरहेको जनाउदै सँगैका साथीहरू पढ्न वा काम गर्न विदेश गइरहदा आफूले नेपालमै प्रसस्तै सम्भावना देखेको बताइन ।

विद्यार्थीहरू मेलामा राखिएको ‘स्टल’ मा देखिने ‘भ्याकेन्सी’ मा आफू उपयुक्त हुने जानकारी सहित पहिलोचरणको चरणको अन्तर्वार्ता गरिरहेको देखिन्थे । आयोजकका अनुसार उपत्यकामा रहेका अधिकाँस प्राविधिक शिक्षासँग जोडिएका विद्यार्थीसँगै काम गरिरहेकाले पनि मेला अवलोकन गरेका छन् ।

कमेन्ट गर्नुहोस्