राजस्थान रोयल्सको विजयी सुरुवात

0 Shares

विदेश । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गतको चौथो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराउदै राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलवार भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।

२ सय १७ रनको टार्गेट लिएर मैदानमा निक्सिएको महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किंग्सले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन मात्र बनाउन सफल भएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्