देश । बिहिबार विहान भूकम्प र पराकम्प गरेको छ । दुइ फरक स्थानमा फरक फरक समयमा भूकम्प र पराकम्प गएको हो । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दार्चुला केन्द्रविन्दु भएर भूकम्प नै गएको छ ।बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसैगरी राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा परकम्प गएको जानकारी दिएको हो । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको परकम्प गएको छ । परकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।
कमेन्ट गर्नुहोस्










