देश । मिस युनिभर्स नेपाल, २०२० को विजेता अंशिका शर्मा मिस युनिभर्सको ६९ औँ संस्करणमा नेपाललाई प्रतिनिधि गर्दै सहभागी हुन् संयुक्त राज्य अमेरिका पुगेकी छिन् । उनि मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठसंगै त्यहाँ अमेरिका पुगेकी हुन् । फ्लोरिडा स्थित हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा प्रतियोगिता यहिँ मे १६ मा हुदैछ ।
View this post on Instagram
विश्वभरका ७४ सुन्दरी सहभागीको सहभागिता रहने प्रतियोगितामा अंशिकाले नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । यस अगाडी प्रतियोगितामा नग्माले सहभागिता जनाएकी थिइन् । उनि मिस युनिभर्स नेपाल २०१७ कि विजेता हुन् भने नेपालमा ‘मिस युनिभर्स नेपाल’ को टाइटल ल्याउने श्रेय पनि उनैलाई जान्छ ।
कमेन्ट गर्नुहोस्












