२५ लाख कोरोना भाइरस मुक्त

सांकेतिक तस्बिर

विदेश । पछिल्लो केहि दिन यता कोरोना भाइरस (कोभिड १९) को संक्रमित संख्या लगातार बढ्ने राष्ट्रमा पर्छ , भारत । यहाँ संक्रमण हुने गति अन्य देशको तुलनामा बढ्दो छ । यसैले गर्दा संक्रमित हुने मुलुकको नवौँ स्थानमा पुगेको छ। भारतमा १ लाख ७३ हजार ४ सय९१ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये भारतमा ८२ हजार ६ सय २७ निको भइसकेका छन् भने ४ हजार ९ सय ८० ले ज्यान गुमाएका छन्।

जोन्स हप्किन्स विश्व विद्यालयको तथ्यांकअनुसार संयुक्त राज्य अमेरिकामा १७ लाख ४५ हजार ६ सय ६ संक्रमित भइसकेका छन् । जसमध्ये ४ लाख ६ हजार ४ सय ४६ निको भएका छन् । त्यस्तै १ लाख २ हजार ७ सय ९८ को मृत्यु भएको छ। अमेरिकापछि ब्राजिलमा सबभन्दा बढी संक्रमित भेटिएका छन् । हालसम्म ब्राजिलमा ४ लाख ६५ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको छ। भने , संक्रमितमध्ये १ लाख ८९ हजार ४ सय ७६ निको भएका छन् भने २७ हजार ८ सय ७८ ले ज्यान गुमाएका छन्।

ब्राजिलपछि रुसमा ३ लाख ८७ हजार ६ सय २३ संक्रमित भेटिएका छन् । जसमध्ये ४ हजार ३ सय ७४ को मृत्यु भइसकेको छ भने १ लाख ५९ हजार २ सय ५७ निको भएका छन्। यसैगरी बेलायतमा २ लाख ७२ हजार ६ सय ७ संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ३८ हजार २ सय ४३ को मृत्यु भएको छ भने १ हजार १ सय ७२ निको भएका छन्। गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ संक्रमित भइसकेका छन्। जसमध्ये २४ लाख ९० हजार २ सय २१ निको भएका छन् भने ३ लाख ६४ हजार ४ सय ५९ को ज्यान गएको छ। (एजेन्सी)

)

कमेन्ट गर्नुहोस्