दीपकले बचाए अर्की महिला

देश । पछिल्लो समय बच्चा जन्माउन नसकेर ज्यान गुमाउनु परेको महिलालाई उद्दार गर्दै आएका दीपक सिलवालले गत वुधवार पनि एक महिलाको उद्दार गरेका छन् । बच्चा जन्माउन नसकेर अन्तिम अवस्थामा पुगेकी विपन्न दलित महिलाको हेलिकप्टरबाट उद्दार गरिएको हो । जिल्लाको विकट उत्तरी भेक रुबीभ्याली-४, चालिसे निवासी ३० वर्षीय दिलमाया विश्वकर्माको मंगलबारदेखि सुत्केरी व्यथा लागेर शिशुको हात मात्रै बाहिर निस्केर रक्तश्राव भइरहेको थियो । स्थानीय स्वास्थ्यचौकीले अन्यत्र लैजान सिफारिस गरेता पनि यातायात अभावका कारण श्रीमान सुरेश विक रनभुल्ल परेका थिए । आर्थिक अवस्था कमजोर भएका विक दम्पतीले हेलिकप्टर मगाउन कल्पना समेत गर्न सकेका थिएनन् । तर केहि दिन अगाडी मात्र राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सामाजिक अभियन्ता दीपक सिलवालले आफुले गरेको सहयोग र आगामी दिनमा गर्ने सहयोगको बारेमा बताएका थिए । दुई महिलालाई हवाई उद्दारद्वारा नै बचाईसकेका दीपक कहाँ यो कुरा आइसकेपछी उनले हवाई उद्दार गर्दै दिलमायाको ज्यान बचाएका छन् । हेलिकप्टरबाट दिलमायालाई काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । सुत्केरीको बेड अभावका कारण चिकित्सकहरुले आपत्कालीन अवस्थामा अस्पताल हातामै तत्काल शल्यक्रिया गरि शिशु निकालेका थिए । फेरी अर्को ज्यान बचाउन पाउदा उनि हर्सित थिए । ‘मैले प्रयास गर्दा कसैको ज्यान बच्छ भने म हरपल प्रयास गर्न तयार छु’ दीपकले भने ।
कमेन्ट गर्नुहोस्