विदेशी च्यानल बन्लान् त विज्ञापनरहित ?

देश । नेपालमा नेपाली च्यानलमा प्रशारण हुने विज्ञापन भन्दा पनि भारतीय च्यानलमा प्रशारण हुने विज्ञापन प्रभाकारी हुने गरेको छ । भारतीय च्यानलमा प्रशारण भएकै विज्ञापनले गर्दा फाईदा हुने विज्ञापन दाताले समेत बताउने गर्छन । किनकी यहाँ भारतीय च्यानल विज्ञापन सहित प्रशारण हुने गरेकाछन् । तर अब सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुलुकको सार्वभौमिकताका लागि विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गरिएको दावी गरेका छन् ।

गत शुक्रबार संसदको विधायन समितिमा विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले विदेशी च्यानलको विज्ञापनले देशभित्र पार्न सक्ने असर नियन्त्रण गर्न क्लिन फिडको व्यवस्था गरिएको बताएका हुन् । विधेयकको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सार्वभौमसत्तामा प्रभाव पार्ने, अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने, भौगोलिक अखण्डता तथा राष्ट्रिय सुरक्षामा पार्ने विज्ञापन प्रकाशन गर्न नपाइने उल्लेख गरिएको छ । तथापी विदेशी च्यानलमा विज्ञापन धेरै नै प्रशारण हुने गरेका छन ।

कमेन्ट गर्नुहोस्