सुरू भयो मेदान्त आयुर्वेद हस्पिटल

देश । शनिवारदेखि काठमाडौँमा मेदान्त आयुर्वेद हस्पिटल सुरू भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन् । सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताईन् ।

यस्तै, उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने भन्दै यसको परिणाम आउन ढिला भएपनि राम्रो हुने बताईन् । उनले भनिन्,‘हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ तर आयुर्वेदिक औषधीहरुले केही समय लिन्छ । यस्तो औषधीको लागि धैर्य राख्नुपर्छ ।’ त्यस्तै क्याप्टेन लामाले आर्युवेद निकै पुरानो औषधी भएको र यसलाई बिकल्पका रुपमा राख्न नहुने बताए ।

क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रुपमा खानपान र व्याममा ध्यान दिनुपर्ने बताए । त्यति गर्दा पनि शरीरमा समस्या देखिए पहिलो प्राथमिकतामा आयुर्वेदलाई नै विश्वास गर्नुपर्ने कुरामा जोड दिए ।

क्याप्टेन लामाले मेदान्त आयुर्वेद हस्पिटलका चिकित्सक तथा अध्यक्ष डाक्टर सुवर्ण पौडेललाई हौस्याउँदै सँधै डटेर लाग्न भन्दै उत्साह समेत प्रदान गरे । सो अवसरमा डाक्टर पौडेलले मेदान्त आयुर्वेद हस्पिटलका बारेमा जानकारी दिँदै जम्मा १ सय रुपैयाँमा ओपीडी सुरु गरिएको जानकारी दिए ।

नयाँ र व्यबिस्थित बिल्डिगंमा उचित सेवा सुबिधासहित न्यूनतम मूल्यमा सुविधा दिइएको डाक्टर पौडेलले बताए । उनले डाक्टरले बिरामीलाई समय दिएजस्तै बिरामीले पनि खानपान र स्वास्थ्यका बारेमा पनि सचेत हुन जरुरी रहेको बताए ।

कमेन्ट गर्नुहोस्