देश । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संख्या ४० पुगेको हो ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि पुनः परिक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको स्वाब परिक्षणको क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा केहि अगाडीनै कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले देखिएको संक्रमित व्यक्ति आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । नेपालमा कोरोना संक्रमणको लडाई लडेर ४ जना संक्रमण मुक्त भइसकेका छन् ।
कमेन्ट गर्नुहोस्









