फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा

खेलकुद । विश्व विजेता फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा रोकिएको थिइ भने ३० मिनेटको अतिरिक्त समयमा बाँकी गोल हुन नसक्दा नतिजा पेनाल्टी सुटआउट मार्फत् गरिएको थियो । फ्रान्सका लागि करिम बेन्जिमाले दुई तथा पौल पोग्बाले एक गोल गरेका थिए भने स्वीटजरल्यान्डका लागि ह्यारीस सेफेरोभिचले दुई तथा मारियो गाभ्रानोभिचले एक गोल गरेका थिए ।

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार विहान सकिएको खेलको पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एमबाप्पेले मात्र गोल गर्न सकेनन्। उनको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले विफल पारिदिएका थिए । जससँगै स्विट्जरल्यान्ड अन्तिम आठमा पुग्न सफल भयो।

खेलको १५ मिनेटमा सेफेरोभिकले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए । पहिलो हाफमा स्विट्जरल्यान्ड १-० ले अघि रहेको खेलमा फ्रान्सले दोस्रो हाफमा १८ मिनेट भित्रमा तीन गोल गर्‍यो। खेलको खेलको ५७ र ५९ मिनेटमा करिम बेन्जिमाले गोल गर्दा फ्रान्स २-१ ले अघि रह्यो । यस्तै ७५ मिनेटमा पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे।

स्विट्जरल्यान्डका सेफोरोभिकले ८१ मिनेटमा गोल गर्दा खेल ३-२ को स्थितिमा आयो। खेलको अन्तिम मिनेटमा गार्भ्रानोभिकले स्विट्जरल्यान्डका लागि बराबरी गोल फर्काए। त्यसपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप गरिए पनि दुवै टिमले गोल गर्न सकेनन्। स्विट्जरल्यान्डले सन् १९३८ मा पछि मुख्य प्रतियोगिताको नकआउट चरणमा जित हात पारेको हो ।अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्