बाघलाई कोरोना भाइरसको संक्रमण

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या सोमबार विहानसम्म १२ लाख ७२ हजार पुगेको छ । यसबाट ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् ।

एक मानिसबाट अर्को मानिसमा यो रोग सर्ने भएकाले नै विश्वका अधिकांस देशले ‘लकडाउन’ गरेर सामाजिक दुरी कायम गरिरहेको छ । तर , पहिलो पटक यो रोग मानिसबाट जनावरमा सरेको छ । ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार आफ्नो एक बाघलाई कोभिड-१९ भएको बताएका हुन् । सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । नादियासहित चिडियाखानाका अन्य तीन बाघ र तीन सिंहमा सुख्खा खोकी विकसित भएपछि उनीहरूमध्ये सबैभन्दा बिरामी नादियाको कोभिड-१९ परीक्षण गरिएको थियो । कोभिड-१९ गराउने यो भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिदैं आइएको थियो र यसअघि हंगकंगका केही जनावरहरूको परीक्षण नतिजा ‘पोजेटिभ’ आएको थियो । बाघले मार्च २७ बाट विरामीको लक्षण देखाएको नादियाको कोरोना परीक्षण गरेको अमेरिकाको राष्ट्रिय भेटनरी सेवा प्रयोगशालाले जनाएको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्