देश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । नेपालमा पनि गत चैत्र ११ गतेदेखि लकडाउन गरिएको छ । नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । जस मध्ये एक संक्रमण मुक्त भइसकेका छन् भने अन्य उपचाररत छन् ।
यद्दपी भारतबाट आएका तिन व्यक्तिमा कोरोना पुष्टि भएसँगै जोखिम झनै बढेको छ । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको थियो । साथै , वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।
यद्दपी प्रदेश नम्बर २ मा त्रास बढ्दो छ । विशेष गरि वीरगंजमा त्रास झनै बढेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने बताएका छन् । उनले उक्त क्षेत्रलाई पूर्ण रुपले लकडाउन गरेर संक्रमितको उपचारको व्यवस्था मिलाउन लागिपरेको बताए ।
स्वास्थ्य मन्त्रालयले पर्साको वीरगन्ज महानगरपालिका- २, छपकैयास्थित मस्जिदमा बसिरहेका कोरोना देखिएका तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताएको छ । मन्त्रालयले केहीबेरअघि विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएकाहरु ३७, ५५ र ४४ वर्षका पुरुष रहेको पनि उल्लेख गरेको छ।
पर्साको बिरगंज महानगरपालिका, वडा न. 2, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन…
Posted by Ministry of Health and Population-Nepal on Sunday, April 12, 2020