कांग्रेस केन्द्रीय सदस्यमा १३ मनोनीत

देश । महाधिवेशनको तयारीमा रहेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन । मनोनयन बारे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

तत्कालीन फोरम अध्यक्ष तथा वर्तमान कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सिफारिसमा पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम ११ केन्द्रीय सदस्य थपिएका हुन् । रामजनम चौधरी (कैलाली), नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया) छन्। त्यस्तै योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ) केन्द्रीय सदस्यमा थपिएका छन् । याे सँगै कांग्रेस केन्द्रीय कार्यसमिति ९७ सदस्यीय भएको छ । यसअघि देउवाले सोमबार जंगीलाल राय (सर्लाही) रकर्णबहादुर बुढा (डोल्पा) लाई केन्द्रीय सदस्यमा मनाेनीत गरेका थिए ।

कमेन्ट गर्नुहोस्