१ सय घण्टासम्म भाषण गर्दै चन्द्रले बनाए नयाँ रेकर्ड

फिल्म । भारतको उत्तरप्रदेशमा पर्ने लखीमपुर–खिरीका चन्द्र शुक्लाले सबैभन्दा लामो समयसम्म भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । उनले लगातार १ सय घण्टासम्म भाषण गरेर उक्त कीर्तिमान राखेका हुन् । ती युवकको नाम अब गिनिज बुकमा लेखिनेछ । उनले नेपालका अनन्तराम केसीको कीर्तिमान भंग गर्नेछन् । अनन्तले गत अगष्टमा ९० घण्टा २ मिनेटसम्म लगातार भाषण गरी गिनिज बुकमा नाम लेखाएका थिए ।

भारतीय युवा चन्द्रले बुधबार बिहान साढे १० बजेबाट भाषण सुरु गरेका यतिशले लगातार १ सय घण्टासम्म म्याराथन भाषण गरे । गिनिज बुकका अधिकारीहरुले उक्त कार्यक्रमको अनलाइनमार्फत अनुगमन गरेका थिए । यी युवकको नाममा अर्को कीर्तिमान पनि छ । उनले ४३ हजार २ वटा चाबी संकलन गरेर गिनिज बुकमा नाम लेखाइसकेका छन् । यतिमात्र होइन उनले सबैभन्दा लामो समयसम्म पढाउने कीर्तिमान राखेका छन् । उनले लगातार १ सय ४८ धण्टासम्म पढाएका थिए ।

कमेन्ट गर्नुहोस्