देश । यहि अक्टुबर १५ देखि १७ सम्म एनआरएनको सम्मेलन राजधानीमा हुँदैछ । सम्मेलन नजिकिदै गर्दा उम्मेदवारी दिने क्रम पनि बढ्दो नै छ । यसैक्रममा युरोप्को बेल्जियममा बस्ने योगिता थापाले महिला संयोजकमा उम्मेदारी दिएकी छिन । यूरोपसँगै गैह्र आवासीय नेपाली संघसंग आवद्ध रहनु भएका नेपालीहरू माझ आफ्नो उपस्थिति जनाईरहेकी योगिताको कर्म,लगनशीलता र क्रियाशिलताको खुलेरै प्रशंसा गर्ने गरिएको छ । ‘ मेरा अग्रज,समकालीन र मलाई साथ दिनु हुने सबै बर्ग, क्षेत्र,तह र तप्काका प्रवास रहनु हुने नेपालीहरूकै सल्लाहलाई ध्यानमा राखेर उम्मेदवारी दिने निर्णय गरेकी हुँ ‘ योगिताले प्रष्ट पारिन ।
गैह्र आवासीय नेपाली संघ बेल्जियमकी निर्वतमान उपाध्यक्ष समेत रहेकी योगिता समाजमा पर्दा अगाडि बढ्ने महिलाको रूपमा स्थापित छिन । उपाध्यक्ष हुंदा योगिताले निभाएको कर्तव्य र कुशल कार्यको आजपनि तारिफ हुने गरेको छ । होटल र रेष्टुरेन्ट व्यवसायमा संलग्न योगिता प्रवासमा रहनु भएका महिलाहरूको सम्मान र उनिहरूको सशक्तिकरणका निम्ति लागि पर्नेमा जोड दिन्छिन् ।
बेल्जियममा आयोजित ‘टप मोडल २०१६’ की फाइनलिष्ट समेत रहेकी योगिता मोडलिङ र सांस्कृतिक कार्यक्रमहरूमा पनि जमेरै सहभागिता जनाउने गर्छिन् । हाल लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमकी सचिव उनि अब मिस नेपाल यूरोपको आयोजना गर्ने तयारीमा जोडतोडका साथ लागिपरेकी छिन । उनि नेपाली संस्कृत तथा सद्भावना प्रतिष्ठानकी मानार्थ दुतको पदले सम्मानित भैसकेकी छिन ।










