चट्याङ्गसहित भारी वर्षा हुने

देश । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन भारी वर्षा हुने जनाएको छ । मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको र भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापिय प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै जाने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्