देश । बारा जिल्लामा थप ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पाँच संक्रमित थपिएसँगै प्रदेश नम्बर २ मा संक्रमितको संख्या २ सय ४४ पुगेको छ । मंगलवार विहान मात्र प्रदेश नम्बर २ को सिरहामा ४ जना रौतहटमा १ जना र धनुषामा १ जना कोरोना संक्रमितहरु थपिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७ पुगेको छ ।
बारामा भेटिएका संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो । उनीहरुलाई अस्पताल लाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्









