‘कमिशनका लागि पूर्वाधार बनाउन तम्सिनु हुन्न’ पुर्व प्रधानमन्त्री नेपाल

जयहोस् । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मन्त्री र प्रशासकीय प्रमुखलाई आउने कमिशनकै लागि जथाभावी पूर्वाधार बनाउन नहुने बताएका छन् । उनले पछिल्लो समय पूर्वाधार कमिसनकै लागि बनाउने गरेपछि त्यो दिर्घकालिन नहुने गरेको समेत बताए । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको बारेमा अध्ययन गर्न गठित उपसमितिको बैठकमा बोल्दै नेपालले आवश्यकता भन्दा पनि यतिकै पूर्वाधार निर्माणमा लगिएकोले बिकासको महसुस गर्न नपाइएको बताए । नेपाल संयोजकत्वको उक्त समितिमा बोल्दै नेपालले निजगढ विमानस्थल अपरिहार्य रहेको र त्यो विमानस्थल सम्पन्न भएपछि काठमाडौं विमानस्थल आफैं आन्तरिक उडानमात्र हुने भएकोले यो पाँच वर्षका लागि काभ्रेमा विमानस्थल बनाउन नहुने बताए । ‘मन्त्रीको व्यक्तिगत स्वार्थको लागि आयोजना अघि बढाउन पनि हुँदैन, अध्ययन भन्यो के भन्यो अनि कमिशन खायो तर बनाउने होइन’ पुर्व प्रधानमन्त्री नेपालले भने ।
कमेन्ट गर्नुहोस्