कोरोना प्रभाव : खाली हुँदै उपत्यका (फोटो फिचर)

देश । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजित कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले अनावश्यक रुपमा भिडभाड नगर्न पत्राचार नै गरेको छ ।

कोभिड–१९ को सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो संख्यामा मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिइसकेको छ । यसैको प्रभावले गर्दा आउँदो होलीको रौनकता त बढेको छैन नै उपत्यका पनि खाली छ । प्राय दसैँमा देखिने दृश्य यतिबेला काठमाण्डूसंगै ललितपुर र भक्तपुरमा छ । आवश्यक काम बाहेक मानिसहरु बाहिर निस्किन छाडेका छन् । भिडभाड हुने स्थानहरु असन बजार , न्युरोड , आरएनएसी , रत्नपार्क लगायतका स्थान खालीछन् । काम वा अस्पताल हिडेका मान्छे बाहेक अन्य खासै देकिएका छैनन् । जय होस्का फोटो पत्रकार आर्यन विमलीले शुक्रबार काठमान्डूका भिडभाड हुने स्थानका केहि तस्बिर कैद गरेका छन् । जहाँ मानिसको भिडभाड निकै कम देखिएको छ । ठमेल खाली छ भने अन्य स्थान पनि त्यस्तै छ ।

तस्बिरहरु : आर्यन विमली

कमेन्ट गर्नुहोस्