देश । नेपाल विद्युत प्राधिकरणले आइपीओ ल्याउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङले सरकारको स्वीकृतिमा प्राधिकरण ऐनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई सेयर जारी गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।उनले ऐनमा भएको व्यवस्थाअनुसार सेयर निष्काशन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि जाने बताए । प्राधिकरणले चालू आवको छ महिनामा १२ अर्ब रुपैयाँ बराबरको नाफा गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सार्वजनिक निकायमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले वित्तिय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता देखिएको जानकारी दिए । प्राधिकरणले अहिले विश्व बैंक, एसियाली विकास बैंकजस्ता बहुपक्षीय विकास साझेदार निकायबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ ।
ऐनमा प्राधिकरणको सेयर पुँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । प्राधिकरणले निष्काशन गरेको सेयरमध्ये नेपाल सरकारले खरिद गरी बाँकी रहेको सेयर मात्र सर्वसाधारण जनतालाई बिक्री गरिने व्यवस्था रहेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनः संरचनाअन्तर्गत सेयर निष्काशनका लागि सहमति दिइसकेको छ । प्राधिकरण ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्नसक्ने उच्च क्षमता सुरक्षित रहन्छ भन्ने हो । इक्राको रेट्रिपछि अब प्राधिकरणको साधारण सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाउनसमेत मार्ग प्रशस्त भएको छ ।








