चौधरीलाई कोरोना संक्रमण

0 Shares

देश । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले लेखेका छन् ।

आफुमा कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले उल्लेख गरेका छन् । चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति व्यवसायी चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्