शेखरलाई असन्तष्ट पक्षको ज्ञापन पत्र

देश । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले कांग्रेस नेता डा. शेखर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् । असन्तुष्ट पक्षले संघमा विधान विपरित सात सय ११ सदस्य बनाइएको भन्दै विधानअनुसार १ सय १ सदस्यीय समिति बनाउन माग गर्दै पत्र बुझाएका हुन् ।

असन्तुष्ट पक्षका नेता दीपक ओझासहितको टोलीले आइतबार नेता कोइरलालालाई ज्ञापनपत्र बुझाउँदै माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको जानकारी दिनुभयो ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मागपत्र बुझ्न समय नदिएपछि ह्वाट्स एपमार्फत ज्ञापनपत्र पठाइएको उहाँले जानकारी दिनुभयो । असन्तुष्ट पक्षले केही दिन अघि कांग्रेस पार्टी कार्यालय सानेपामा समानान्तर समिति बनाउने प्रयास गरेको थियो । पार्टी कार्यालयमा प्रवेश गर्न नदिएपछि उनीहरु नेताहरुलाई ज्ञापनपत्र बुझाएर विरोध गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्