नोभेम्बरबाट युकेमा ‘रामकहानी’

जयहोस् । नेपालमा राम्रो ब्यबसाय गर्न सफल फिल्म ‘रामकहानी’ युकेको विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । रोमान्टिक कमेडी जनरको फिल्मलाई नोभेम्बर ४ देखि डिसेम्बर १ सम्म विभिन्न सहरमा हेर्न पाउनेछन् । नोभेम्बर ४ मा अल्डरसट , ११ मा हन्स्लो, १७ मा मेडीस्टोन र डिसेम्बर १ मा स्वीन्डनमा फिल्मको प्रदर्शन हुनेछ । हरेक शो स्थानीय समय अनुसार ५ बजे हुनेछ । स्थानिय मनोज गुरुङ, भवानी गुरुङ, बिस्नु मल्ल, ईन्द्रस गुरुङ र लोकमान गुरुङको संयुक्त आयोजनामा हुन् लागेको शोलाई पिपल मोर्गेज र डाइनेस्टी रेस्टुरेन्टले स्पोन्सर गर्दै सघाएको छ । नेपाली फिल्मको बजार पनि बिस्तार हुने र फेस्टिभ मुडमा नेपाली फिल्मको डिमाण्ड हुने भएकोले शो गर्न लागिएको आयोजक मध्यका एक मनोज गुरुङले बताएकाछन् । सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पुजा शर्मा , आकाश श्रेष्ठ , जितु नेपाल , केदार घिमिरे , विल्सन विक्रम राइ , रविन्द्र झा लगायतको अभिनय रहेको छ । फिल्म नेपालमा भने गत भाद्रको तेस्रो साता देखि प्रदर्शनमा आएको थियो ।
कमेन्ट गर्नुहोस्