विदेश । पछिल्लो समय विश्वमै लोकप्रिय रहेको एप मध्यको एक हो मेसेन्जर । फेसबुकको मेसेन्जर एप अहिले लोकप्रियतामा अगाडी छ । यसलाई फेसबुक चलाउने प्राय मानिसले प्रयोग गर्ने गरेका छन् । प्रयोगकर्ता बढ्दै गर्दा यसमा परिवर्तन पनि आइनै रहेका छन् । पछिल्लो समय फेसबुकले आफ्नो म्यासेन्जर एपको डिजाइन परिवर्तन गरी कतिपय फिचरका ट्याबहरु समेत हटाउने तयारी गरेको हो । म्यासेन्जरमा च्याट बोट्सका साथै डिस्कभर ट्याब पनि हटाउने तयारीमा फेसबुक रहेको छ ।
एपलाई पहिलेको तुलनामा बढी सरल बनाउनुका साथै प्रयोगलाई समेत सहज बनाउनका लागि यस्तो गर्न लगिएको फेसबुकले जनाएको छ । म्यासेजिङ एपलाई सिम्पल तथा फास्ट बनाउन लिइएको निर्णयमा स्टोरिज खण्डलाई बढी प्राथमिकता दिएर स्न्यापच्याटलाई टक्कर दिने योजना बनाएको छ ।
नयाँ डिजाइनको फेसबुक एपमा People सेक्सनलाई हाइलाइट्स गरी त्यहाँ पछिल्लो २४ घण्टामा स्टोरी शेयर गरेका फेसबुक साथीहरुका स्टोरिज देखाइनेछ । त्यसका अलावा कन्ट्याक्ट लिष्ट पनि देखाइनेछ, जहाँ सबैभन्दा धेरै कल तथा म्यासेज गरिने साथी यदि फेसबुकमा एक्टिभ भएमा सबैभन्दा माथि देखा पर्नेछ । (एजेन्सी)









