अहिलेसम्मकै सर्वाधिक संक्रमित , १९ जनाको मृत्यु

0 Shares

देश । पछिल्लो समय छिमेकी मुलुक भारत झैँ नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ । पछिल्लो समय संक्रमणको दरसंगै मृत्यु हुनेको संख्या बढेपछी नेपाल सरकारले नागरिकलाई अझै सजग रहन अनुरोध गरेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४ सय ३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना र ५ सय ६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काटठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५ जना संक्रमित थपिएका छन् । यसैगरी सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्यासंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

शनिबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । जसमध्ये ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ४० हजार १ सय ३ जना हाम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४ सय १ जनाको आईसीयू र १ सय १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । थप १ हजार २ सय ८७ जना निको भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ८२ हजार ३ सय ८२ जना पुगेको मन्त्रालयले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्