कोरोना भाइरसबाट १ लाख ७६ हजार बढीले ज्यान गुमाए

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २५ लाख ६० हजार ५ सय ४ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७६ हजार ९ सय २६ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ६ लाख ७९ हजार ७ सय ९३ जना निको भएका छन् ।

पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली तथा फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको दर बढ्दो छ । अमेरिकामा मृतक संख्या ४५ हजार १ सय ४२ पुगेको छ भने इटाली मृतक संख्या २४ हजार २ सय ६८ पुगेको छ । यसैगरी अमेरिकामा संक्रमितको संख्या ८ लाख २४ हजार ६९ पुगेको छ भने इटालीमा संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ जना पुगेको छ । अमेरिकामा ७५ हजार ५० जना संक्रमण मुक्त भएका छन् भने इटालीमा ५१ हजार ६ सय जना संक्रमण मुक्त भएका हुन् ।

स्पेनमा मृतक संख्या २१ हजार २ सय ८२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ४ हजार १ सय ७८ जना पुगेको छ । फ्रान्समा मृतक संख्या २० हजार ७ सय ९६ पुगेको छ भने संक्रमितको संख्या १ लाख १७ हजार ३ सय २४ पुगेको छ । बेलायतमा मृतक संख्या १७ हजार ३ सय ३७ र संक्रमितको संख्या १ लाख २९ हजार ४४ पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ५ हजार ८६ जना रहेको छ भने यहा १ लाख ४८ हजार ५ सय ५३ जना संक्रमित रहेका छन् ।(एजेन्सी)

कमेन्ट गर्नुहोस्