विदेश । युवाको क्षमता र दक्षतालाई उपलब्धिमूलक रुपमा प्रयोग गर्नुपर्ने सोचसहित इन्जिनियर नारायण खड्का गैर आवासीय नेपाली संघ (एनआरएनए) को आउँदो ११ औँ महाधिवेशनमा एसिया प्रसान्त क्षेत्रीय यवा उपसंयोजकमा उम्मेदवारी दिने भएका छन् । जापानमा बसोबास गर्ने खड्का विश्वभर रहेका प्रवासी नेपाली माँझ अभिनेताका रुपमा परिचित छन् । नेपालीलाई समस्या पर्दा सुख दु:ख साट्ने माध्यम बनेका खड्काले पदमै नरहदा गरेका कामले उनलाई परिचित गराएको छ ।
‘पदमा नरहदा गरेका कार्यकै कारण मैले पाएको सल्लाह बमोजिम उम्मेदवारी दिदै छु । मेरो लागि पद महत्वपूर्ण होइन । त्यहाँ रहेर संस्थामार्फत अझ धेरै काम गर्न सकिन्छ भन्ने विश्वास छ’, खड्काले भने,‘अबको एनआरएनए प्रविधि मैत्री हुनुपर्छ, मैले यसक्षेत्रलाई समेटेर केही योजना तय गरेको छु । यस कार्यमा सम्पूर्ण एनआरएनको सहयोग मिल्नेमा विश्वस्त छु ।’