अभियानको उद्घाटन सन् १९६० मा स्थापित बेलायतमा कार्यरत नेपालीहरूको संस्था यति नेपाली एसोसियसन, युके र गैर आवासीय नेपाली संघ, बेलायत शाखा तथा मञ्चको संयुक्त आयोजनामा हुदैछ । कार्यक्रममै सहभागी हुनकै लागि पूर्वप्रधानमन्त्री नेपाल बेलायत पुग्दैछन । हेमनले पूर्वप्रधानमन्त्री नेपालको उपस्थितिले कार्यक्रममा ‘सुनमा सुगन्ध’ भए झैँ भएको बताए । बेलायतपछी अभियान क्यानडा, अमेरिका, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू जस्ता २० मुलुकमा अभियान पु¥याउने लक्ष्य निर्धारण गरिएको अभियान सञ्चालनपश्चात पहिलो चरणको कार्यक्रमको समापन विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा कार्यक्रम गरिनेछ ।
जसबाट तिलिचो ताल विश्वकै प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुग्ने अभियानकर्ता हेमनले बताए । उनको संस्थाले तराईका जिल्लामा पुस्तकालय स्थापना, शितलहर पीडित बालबालिकालाई न्यानो लत्ताकपडा वितरण, स्वास्थ्य शिविर सञ्चालन, एचआइभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि अक्षयकोष निर्माण तथा रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्ला लक्षित गरी सिन्धुलीको दुम्जा गाउँपालिकामा सौर्य ऊर्जासहितको कम्प्युटर प्रयोगशाला स्थापना लगायतका गतिविधि गर्दै आइरहेको छ ।
तस्वीरहरु आर्यन बिमली

कमेन्ट गर्नुहोस्







