दुरी कायम गर्दै विरोध

0 Shares

विदेश । गत वर्ष चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण यो समयमा विश्वभर फैलिएको छ । यसको संक्रमण कम गर्न विश्वका अधिकांस देशले ‘लकडाउन’ गर्दै समाजिक दुरी कायम गरिरहेका छन् । यसैबीच इजरायलमा प्रदर्शन भएको छ । इजरायलको तेल अभिभमा हजारौं प्रदर्शनकारीहरुले भौतिक सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारको प्रजातन्त्रविरोधी कदमको विरोध गर्दै प्रदर्शनकारीहरुले तेल अभिभमा प्रदर्शन गरेका हुन् ।

आइतबार गरिएको प्रदर्शनमा दुई हजारभन्दा बढी मानिस सहभागी भएका थिए । यद्दपी प्रदर्शनमा सहभागीहरु दुई मिटरको दूरीमा बसेका थिए भने मास्क पनि लगाएका थिए । प्रदर्शनको यो नौलो शैली थियो । प्रदर्शनकारीले संकटको समयमा सरकारले अनुचित कदम चालेको कारण आफूहरु चुप बस्न नसकेको बताउदै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्रजातन्धविरोधी कदम चालेको भन्दै त्यसको विरोधमा कालो झण्डा देखाएका थिए । कोरोना भाइरसको त्रासको कारण धेरै मानिसले भर्चुअलरुपमा घरमा नै बसेर फेसबुक वा जुमको सहयोगमा अनलाइनमार्फत् यो आन्दोलनमा जोडिएका थिए । इजरायलमा १३ हजार ८ सय ८८ जना संक्रमित छन् । मृतकको संख्या १ सय ८१ रहेको छ भने ४ हजार ३ सय ५३ जना संक्रमण मुक्त भएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्