चैत ३० मा ‘मातृभूमी कप’

14 Shares

देश । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गते हुने भएको छ । गत शनिवारलाई तयारी गरिएको खेल खराव मौसमका कारण स्थगीत भएको थियो ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत सबैलाई ३० गते खेल हेर्न आउँन निम्ता समेत गरेका छन् । मंगलबारदेखी पुन कलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।

प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिनेछ । फाउण्डेशनले चैत ३० गतेका लागि फेरी टिकट खरिद गर्न सकिने बताएको छ भने ईसेवा मार्फत टिकट खरिद गर्न सकिनेछ ।

Facebook Comments