‘सेनालाई स्वास्थ्य सामग्री किन्न लगाएर सरकार पन्छिन् पाउदैन’– नेता पौडेल

फाइल फोटो

देश । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदको जिम्मेवारी सेनालाई दिनु गलत भएको बताएका छन् । उनले सरकारले गर्नु पर्ने काम सेनालाई दिइनु गलत रहेको प्रतिक्रिया दिएका छन् । उनले देशको सुरक्षामा खटिएका सेनालाई यस्ता कार्यले विवादमा ल्याउने भन्दै यो निर्णय गरेर सरकारले ठिक नगरेको बताए ।

संकटको घडीमा राजनीतिक नेतृत्वले नै निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिदै उनले यसलाई सेनालाई जिम्मा नलगाउन आग्रह गरे । सेनाले गरेपछि छानबिन पनि नहुने र मन्त्रिपरिषदले निर्णय गरेपछि अख्तियारले पनि हेर्न पाउँदैन त्यसैले सरकारले सेनालाई कोरोना भाइरस नियन्त्रण र रोकथामको सामान खरिदको जिम्मा लगाएको बताए । भ्रष्टाचारले प्रजातन्त्रलाई नै खतरामा पारेको समेत उनको टिप्पणी छ । चीनबाट स्वासथ्य सामग्री खरिद गरिएको प्रकरणमा पनि छानविन गर्दै जनता समक्ष आफ्नो जिम्मेवारी पुरा गर्न समेत नेता पौडेलले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्