क्वाराबागमाथि आर्सनलको सहज जित

जयहोस् । युरोपा लिग फुटबलअन्तर्गत समूह र्इको खेलमा इंग्लिस क्लब आर्सनलले अजरबैजानको क्वाराबागलाई ३–० गोलअन्तरले पराजित गरेको छ । गतराति क्वाराबागकै घरेलु मैदानमा भएको खेलमा आर्सनलले सहजै आफुलाई विजेता बनाएको हो । सोक्रटिस पापस्थोपौलोस, इमली स्मिथ रोवे र माट्टेओ गुएनडोजीले गोल गर्दै आर्सनललाई सहज जित दिलाएका थिए । खेलको पाचौं मिनेटमा नै सोक्रटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा १–० गोलले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । इमलीले खेलको ५३औं मिनेटमा गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, गुएनडोजीले खेलको ८०औं मिनेटमा गोल गरेपछि आर्सनलले क्वाराबागलाई ३–० गोलले पराजित गरेको हो । समूह इमा रहेको आर्सनलले २ खेलबाट शतप्रतिशत जित निकाल्दै ६ अंक बनाएको छ । त्यस्तै, स्पोटिङको पनि समान २ खेलबाट ६ अंक रहेको छ भने क्वाराबाग र भोर्सक्ला दुबै टिम अंकविहीन छन् ।
कमेन्ट गर्नुहोस्