चेन्नईको तेस्रो जित

0 Shares

विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा अक्टुबर १३ बाट सुरु भएको दोस्रो चरणको पहिलो खेलमा चेन्नई सुपर किंग्सले जित हात परेको छ । यो चेन्नईको तेस्रो जित हो । पहिलो चरणको प्रतियोगितामा सबै भन्दा कम अंक जोडेको चेन्नई मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा १ सय ६७ रन जोडन सफल भएको थियो । १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन मात्र जोड्न सक्यो । जितसँगै अंक तालिकाको छैटौं स्थानमा रहेको चेन्नईले ८ खेलबाट ६ अंक जोडेको छ । यस्तै, हैदरावाद समान खेलबाट समान अंक जोड्दै पाँचौ स्थानमा छ । आइपिएलमा बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुनेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्