विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शनिवार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। दिल्लीले चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
दिल्लीको जितमा ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक प्रहार गरे । धवनले नटआउट १ सय १ रनजोड्न सफल भए । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको अवस्थामा पटेलले चेन्नईका बलर रविन्द्र जडेजालाई सुरुवाती तीन बलमा दुई छक्का हानेका थिए। चौथो बलमा दुई रन लिएका उनले पाँचौ बलमा अर्को छक्का हिर्काएका थिए।
चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन जोडेको थियो । जितसँगै दिल्ली ९ खेलबाट १४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई ९ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ । आइपिएलमा आइतबार दिउँसो सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्स तथा साँझ मुम्बई इन्डियन्स र किंग्स ११ पञ्जावबीच खेल हुनेछ। (एजेन्सी)









