देश । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघ आउँदो मङ्सिर ४ लाई लक्षित गर्दै चुनावी गीत ल्याएको छ । प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारी दिने उम्मेदवारहरुलाई सहयोगी हुने गीतलाई शनिबार नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा एक कार्यक्रमबीच खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरीले सार्वजनिक गरे । गीत सार्वजनिक गर्दै मन्त्री चौधरीले नेपाली कांग्रेसलाई जिताउन र जनतामा भिजाउन उल्लेखनिय भुमिका खेल्ने बताए । ‘सर्वसाधरणले कांग्रेसको सन्देश बुझ्ने गरेर निर्माण भएको चुनाव गीत मैले बिमोचन गर्न पाए । मेरो लागि यो भन्दा ठुलो खुसीको बिषय अन्य के होला’ मन्त्री चौधरीले थपे ।
कार्यक्रममा उपस्थित केन्द्रीय सदस्य रामहरी खतिवडाले गीत कांग्रेसीलाई सहयोगी हुने विचार राख्दै सांस्कृतिक संघलाई धन्यवाद दिए । सबै नेपालीको भावना र मर्म समेटिएको गीत नेपाली काँग्रेसलाई निर्वाचनमा जिताउन महत्वपुर्ण हुने खतिवडाको धारणा थियो ।साँस्कृति संघका सभापति तीर्थ थापाले नेपाली काँग्रेसलाई स्थानिय निर्वाचनमा जिताउन यस्ता कयौ गीत ल्याएको स्मरण गर्दै यस गीतले सङ्घीय र प्रदेशआ उम्मेदवारलाई सघाउने विचार व्यक्त गरे ।
साँस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई जनतासमक्ष जान सजिलो होस् भनेर गीत निर्माण गरिएको बताए । रिजालको बिषेश पहलमा गीत निर्माण भएको हो । साँस्कृतिक संघका उपाध्यक्ष बिक्रान्त बस्नेत, सहमहामन्त्री लेख बहादुर पुन ‘डेनिम’ लगायत कांग्रेस निकट थुप्रै कलाकार उपस्थिती कार्यक्रममा रहेको थियो । सार्वजनिक गीतमा राधिका हमाल, शशि बिक्रम थापा, गोबिन्द मधुर आचार्य, स्मृति शाही लगायतको स्वर रहेको छ भने शब्द लोकराज अधिकारीका र संगीत गोबिन्द मधुर आचार्यको रहेको छ ।
गीतको सार्वजनिक भिडियोमा बिक्रान्त बस्नेत, शिवहरी बैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का, श्रृजना घिमिरे, सरु थपा, गान्दिप गिरी, अर्जुन गिरी, राजेन्द्र खत्री , उत्तम थापा लगायतको अभिनय रहेको छ ।








