नेपालमा कोरोना संक्रमित ५ सय १६

देश । शुक्रबार राति थप ९ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

9

कमेन्ट गर्नुहोस्