न्युयोर्कमा एकै दिन ७ सय बढीको मृत्यु

Photo Credit : CNN

विदेश । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड १९) अहिले विश्वमै महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरसकै विश्वका अधिकांस देश ठप्प छन् । चीनबाट सुरु भएको भाइरस दक्षिण कोरिया , स्पेन , बेलायत , फ्रान्स , अमेरिकामा भने महामारीको रुपमा फैलिरहेको छ । पछिल्लो समय दक्षिण कोरियासँगै उदगम स्थल चीनमा कोरोना भाइरसको महामारी सामान्य रहेपनि अन्य देशमा भने यसले निकै असर गरिरहेको छ ।

पछिल्लो समय बढी असर गर्नेमा पर्छ , संयुक्त राज्य अमेरिका । अमेरिकाको न्युयोर्क शहरमा कोभिड १९ का कारण एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । यो एकै दिन मृत्यु हुने अहिलेसम्मकै धेरै हो । मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको गभर्नर एन्ड्रयु कुमोकाले जनाएका छन् । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ । गभर्नर एन्ड्रयु कुमोले न्युयोर्क शहर अमेरिकामा कोभिड १९ को इपिसेन्टर बनेको बताएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्