क्षेत्रमै हारे अमरेश , मन्त्री सिंहको प्यानल विजयी

देश । नेपाली कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सुरु भएको छ । मङ्सिर २० गतेबाट सुरु भएको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ४ को अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता देखि नै विवादित भईरहेको क्षेत्र नम्बर ४ को अधिवेशनमा राम आश्रय शाह क्षेत्रीय सभापतिमा विजयी भएका छन् । शाहले ५ सय १६ मत ल्याउदा उनका प्रतिद्वन्दी हरेन्द्र सहनीले २ सय २० मत ल्याएका छन् । क्षेत्रीय कार्यसमितिमा शाहकै प्यानल विजयी भएका छन् । उनि प्रदेश नम्बर २ का महिला , बालबालिका , युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह निकट हुन् ।

यस्तै , क्षेत्रबाट निर्वाचित २४ महाधिवेशन प्रतिनिधिमा पनि मन्त्री सिंहकै प्यानल विजयी भएका छन् । उनि सहित उनका प्यानलका २३ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । क्षेत्र नम्बर ४ कै संघीय सांसद अमरेश कुमार सिंह भने महाधिवेशन प्रतिनिधिमा हार बेहोरेका छन् । उनले २ सय ४८ मत मात्र प्राप्त गरेका छन् । यता , मन्त्री सिंहको प्यानलमा सुरेन्द्र प्रसाद सिंह ५ सय १६ , विरेन्द्र प्रसाद सिंह ५ सय १४ , राजेश्वर प्रसाद सिंह ५ सय १४ , रघुवीर कार्की ५ सय १३ , शिव शंकर प्रसाद रिजाल ५ सय १३ मत सहित महाधिवेशन प्रतिनिधिमा ५ सय बढी मतका साथ २४ जना विजयी भएका हुन् ।

कमेन्ट गर्नुहोस्