विदेश । बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा रायो भालेकानोमाथि २-१ गोलको जित निकाल्दै बार्सिलोना अन्तिम आठमा पुगेको हो । खेलमा अग्रता भने भालेकानोले लियो । उसका लागि खेलको ६३ मिनेटमा गार्सिया टोरेशले गोल गरे ।
खेलको ६९ मिनेटमा कप्तान लिओलन मेसीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले ग्रिजम्यानको पासमा गोल गरे ।
स्पेनिस सुपर कपको फाइनलमा विपक्षी खेलाडीलाई धकेलेपछि रातो कार्ड पाएका मेसीले थप दुई खेलमा प्रतिबन्ध झेलेका थिए । दुई खेलको प्रतिबन्धपछि मैदान फर्किदा मेसीले गोल गर्न सफल भएका हुन् । खेलको ८० मिनेटमा डे जोङले गोल गरेपछि बार्सिलोनाले २-१ को अग्रता बनाएको थियो । (एजेन्सी)
कमेन्ट गर्नुहोस्