यस्तो छ क्वाटरफाइनलका लागि भिडन्त

खेलकुद । युरो कप २०२० अन्तर्गतको समुह चरणको खेल सकिएसंगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ । २४ टोलीबीचको प्रतिस्पर्धामा ८ टोलीको यात्रा नकआउट चरणमा पुग्न सकेन । क्वाटरफाइनल प्रवेशका लागि शनिबारदेखि १६ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगे । यस्तै ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाए । तेस्रो भएका ६ टिम मध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

समूह ‘ए’ बाट इटाली विजेता, वेल्स उपविजेता र स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टिमको रुपमा नकआउट चरणमा पुगे । समूह ‘बी’ बाट बेल्जियम विजेता र डेनमार्क उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भए । फिनल्यान्ड ३ अंक जोडेर तेस्रो बने पनि अन्तिम १६ मा पुग्न सकेन । यस्तै, समूह ‘सी’ बाट नेदरल्यान्ड्स विजेता, अस्ट्रिया उपविजेता र युक्रेन उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे । युक्रेनले ३ अंक जोडे पनि गोलअन्तरमा अघि रहन सफल भयो। उसले गोलअन्तरमा फिनल्यान्ड र स्लोभाकियालाई पछि पर्‍यो ।

समूह ‘डी’ बाट इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे । समूह ‘ई’ मा स्विडेन विजेता र स्पेन उपविजेताको रुपमा अन्तिम १६ मा पुगे । साथै , अत्यन्त टफ मानिएको समूह ‘एफ’ बाट फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगे ।

अन्तिम १६ का खेलहरू

वेल्स भर्सेस डेनमार्क – असार १२ गते राति ९:४५ बजे – आम्स्टर्डम इटाली भर्सेस अस्ट्रिया – असार १२ गते राति १२:४५ बजे – लन्डन

नेदरल्यान्ड्स भर्सेस चेक – असार १३ गते राति ९:४५ बजे- बुडापेस्ट बेल्जियम भर्सेस पोर्चुगल – असार १३ गते राति १२:४५ बजे- सेभिया

क्रोएसिया भर्सेस स्पेन – असार १४ गते राति ९:४५ बजे- कोपनहगेन फ्रान्स भर्सेस स्विट्जरल्यान्ड – असार १४ गते राति १२:४५ बजे – बुचारेस्ट

इंग्ल्यान्ड भर्सेस जर्मनी – असार १५ गते राति ९:४५ बजे – लन्डन स्विडेन भर्सेस युक्रेन – असार १५ गते राति १२:४५ बजे- ग्लाजगो

कमेन्ट गर्नुहोस्