देश । आजलाई तय गरिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता स्थगित भएको छ । देशभर भइरहेको मौसम बदलीका कारण भइरहेको वर्षाले आयोजना हुन् लागेको प्रतियोगितालाई प्रभावित बनाएको हो । वर्षाले खेल मैदान मात्र होइन जन जीवननै प्रभावित पारेपछि धुर्मुस सुन्तली फाउन्डेसनका धुर्मुस अर्थात सिताराम कट्टेलले फेसबुक मार्फत प्रतियोगिता स्थगित भएको जानकारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा हुने भनिएको क्रिकेट प्रतियोगितामा कलाकार र खेलाडीले आ-आफ्नो खेल मार्फत दर्शकलाई मनोरंजन प्रादन गर्ने तयारी गरिरहेका थिए । केहि दिनमै अर्को मिति तय गर्दै जानकारी गराइने बताइएको छ ।
कमेन्ट गर्नुहोस्