अमेरिकामा १ लाख ५० हजार बढीको मृत्यु

0 Shares
Photo : Al Zajeera

विदेश । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारी सुरु भएदेखि नै अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको बताएका छन् । अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्