‘पोखरा स्काई स्पोर्टस’ खुल्दै पोखरामा

देश । ‘पोखरा स्काई स्पोर्टस’को ग्राण्ड ओपनिङको हुने भएको छ । एकैछाना मुनि विभिन्न सुविधा प्रदान गरिने ययस लक्जरी स्काई स्पोर्ट्सको ओपनिङमा विभिन्न कार्यक्रम हुने भएको छ । पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा उद्घाटनका लागि विभिन्न सेलिब्रेटी आउने भएका छन् । कन्सर्ट , फेशन शो लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रम मार्फत यसको उद्घाटन हुनेछ । कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुती राख्नेछन् ।

तीन दिनसम्म चल्ने स्काई स्पोर्टसको ओपनिङमा कन्सर्टसँगै फेसन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुती हुनेछन् । खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने सम्भवत नेपालकै पहिलो महत्वाकांक्षी परियोजना ‘अ प्लेस फर एभ्रिवन रेष्टुरेन्टसँगै पोखरा स्काई स्पोर्टस्’ संचालनमा आउन लागेको हो ।

बिगत ३ वर्ष अघीदेखी निर्माण आरम्भ भएको उक्त प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भिआईपीहरुको उपस्थितीमा मंसिर २८, २९, पुष १ गते गरी तीन दिन सम्म चल्ने छ । स्काई स्पोर्टसमा फुटसल, लङ टेनिस, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुलसगैँ भर्चुअल रियालीटी प्ले स्टेशनको सुविधा रहेको छ । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै रेष्टुरेन्टको लागि विशेष कार्डको समेत व्यवस्था गरिएको छ । सिल्भर, गोल्ड र प्लाटिनम गरी तीनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज बनाएको स्काई स्पोर्टसका सिइओ सुदिप दवाडीले बताएका छन् ।

‘हामीले कार्ड मार्फत नै सम्पूर्ण कारोबार गर्ने छौ’ उनले भने ‘ग्राहकलाई झन्झट नहोस र एकै छानामुनि विभिन्न सुविधा पाउन भन्ने उदेश्यले यसलाई तयार गरेका छौ ।’ स्काई स्पोर्टसका अध्यक्ष सुजन गुरुङले ग्राहकले पाउने सेवा सुविधा अन्तराष्ट्रिय स्तरको रहेको बताएका छन् । ‘हामीले ग्राहकलाई विभिन्न सेवा एकै छानामुनि प्रदान गर्दैछौ’ उनले भने ‘यसलाई ग्यादरीङ हब बनाउने प्रयास छ ।’

कमेन्ट गर्नुहोस्