५ सय २० डलर तिरेर फर्किदैछन् नेपालीहरु

विदेश । पछिल्लो समय विदेशमा रहेका नेपालीलाई फर्किन सहजीकरण नेपाल सरकारले गरिरहेको छ । नेपाल आउन चाहनेलाई उनीहरुकै खर्चमा फर्काउने कामलाई सरकारले योजना अनुसार अगाडी बढाईरहेको छ । यसैक्रममा मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने १ हजार ५ जनाको नाम प्रकाशित गरेको छ ।

दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा टिकट काट्न सक्ने कामदारहरुको नमा सार्वजनिक गरेको हो । दूतावासले सूची परेकाहरुले ५२० अमेरिकी डलरमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ । जुन १५ र २० तारिखमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । जुन १८ र २१ मा हिमालय एयरलाइन्सले क्वाललम्पुरबाट उडान भर्ने छ ।

कमेन्ट गर्नुहोस्